२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

475
Shares

काठमाडौँ – विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेजेड) को कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्राप्त आवेदनमध्ये मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौँका बुद्धकाजी श्रेष्ठ रहेका छन् । उक्त पदका लागि कुल नौ जनाले आवेदन दिएका थिए ।

समितिले छनोट प्रक्रिया पूरा गरी तीन जनाको नाम सिफारिस गरेसँगै अब नियुक्तिको निर्णय मन्त्रिपरिषद्बाट हुनेछ । कार्यकारी निर्देशकको अन्तिम नियुक्ति मन्त्रिपरिषद्को निर्णयपछि हुने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij