२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

375
Shares

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब पौने २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ७४ हजार ८८७ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको शेयर रजिस्ट्रारको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij