२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना

प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना

495
Shares

काठमाडौं -प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिद गर्न चाहार्ने ै ग्राहक लक्षित गर्दै वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्य सहिते आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत घर कर्जाका लागी अधिकतम सिमा ३ करोड सम्मका लागी कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखा मार्फत उपलव्ध गराईने बैंकले जनाएको छ । यस योजना अन्र्तगत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै घर निर्माण गर्ने प्रयोजनका लागी जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराईने बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले सवारी साधन कर्जा योजना अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ । यस योजनामा पनि सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ साथै कर्जाका लागी सम्पुर्ण कागजात पेश गरिएको दुई कार्यदिनमा नै डेलिभरी अडर्र उपलव्ध हुनेछ । जसले ग्राहकहरूलाई आकर्षक दरमा सवारी साधन खरिद गर्ने सहज अवसर प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, सरल तथा पारदर्र्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहेको छ । यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
घर कर्जा तथा सवारी साधन कर्जा योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखामा लिन सक्ने बैंकले जनाएको छ ।
प्रभु वैकले विगत दुई दशकदेखी आफ्ना ग्राहक महानुभावहरुको सेवा सुविधाहरुलाई मध्यनजर गर्दै देशभरीका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टर मार्फत विभिन्न सेवा सुविधाहरु दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij