२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आँखुखोला जलविद्युतको नाफा बढ्यो

आँखुखोला जलविद्युतको नाफा बढ्यो

320
Shares

काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ४२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ९६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५४.९७ प्रतिशत बढेर ६ करोड ३५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च घटेका कारण विद्युत बिक्री आम्दानी वृद्धिदरको तुलनामा खुद नाफा वृद्धिदर बढी देखिएको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २२.६६ प्रतिशत घटेको छ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने १२ करोड ६२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १३ पैसा बढेर ३ रुपैयाँ १८ पैसा पुगेको छ। गत असार अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०६ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij