२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

620
Shares

काठमाडौं – रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको आज साउन २८ गते बसेको संचालक समितिको बैठकले योजनाको प्रतिफल घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले रिलायबल समृद्धि योजनाको इकाईधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट कर सहित ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले कुल १० करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको लाभांश वितरणको पस्ताव गरेको हो ।

योजनाको लाभांश वितरण प्रयोजनको लागि भदौ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij