२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

440
Shares

कैलाली- यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२÷०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ तुलनामा त्यो रकम रु एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । त्यस कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व सङ्कलन गरेको थियो ।

सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट रु ५९ करोड ३७ लाख १४ हजार ३८० र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु एक हजार चार सय सङ्कलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १६ करोड ५५ लाख ८९ हजार ७४५, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदुषण, रुट इजाजत)बाट रु एक करोड ४१ लाख १३ हजार ८३५ र व्यवसाय रजिष्ट्र दस्तुरबाट रु १६ लाख ७८ हजार २२० रकम सङ्कलन भएको छ । कार्यालयको बिमादाबी प्राप्ति रु ३२ हजार १४० रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij