काठमाडौं– लघुवित्त क्षेत्रमा अर्को एउटा ठूलो मर्जर हुने भएको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभिने (मर्जर) प्रारम्भिक सम्झौता भएको हो ।
दुई संस्थाबीच साउन २५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी हुन् ।
हाल काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पूँजी एक अर्ब ३४ करोड रुपैयाँ छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तको चुक्ता पूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
दुई संस्थाबीचको स्वाप रेसियो (शेयर मिलान अनुपात) भने विस्तृत लेखापरीक्षण रिपोर्ट आएपछि मात्र तय हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij