२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘एनएमबि सरल बचत फण्ड-ई’ को प्रतिफल घोषणा

‘एनएमबि सरल बचत फण्ड-ई’ को प्रतिफल घोषणा

375
Shares

काठमाडौं-एनएमबि सरल बचत फण्ड-ईले इकाईधनीलाई प्रतिफल घोषणा गरेको छ। एनएमबि म्युचुअल फण्ड अन्तर्गत कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड ईले आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ असार मसान्तमा कायम इकाई पुँजीको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम २५,६८,१७,१८८ रुपैयाँ नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यो प्रतिफलको लागि साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुनेछन्। प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ।

साथै, लाभांश पुनर्लगानी रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ। पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपछि सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ।

एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij