२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१३ औं संस्करणको सानो परी एण्ड सानो बाबु पोखरामा सम्पन्न

१३ औं संस्करणको सानो परी एण्ड सानो बाबु पोखरामा सम्पन्न

1.5K
Shares

 


अर्थ नेपाल संवाददाता
पोखरा/ सानो परि एण्ड सानो बाबु पोखरा–२०१७ को उपाधि हिल प्वाईन्ट उच्च माविमा अध्ययनरत १० वर्षीया रिसीका बसेल र गण्डकी बोर्डिङ स्कुलका ११ वर्षीय समन गुरुङले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल, गिफ्ट Þह्याम्पर र बीस–बीस हजार रुपैयाँ नगद समेत प्राप्त गरे ।

सम्पन्न प्रतियोगिताका लागि पोखराका २८ विद्यालयका ६८ जना नानी बाबुहरुबीच पोखरा सभागृहमा अन्तिम प्रतिस्पर्धा भएको थियो । जीत हाम्रो फाउण्डेशनको आयोजना र एस.टी क्रिएशनको सहकार्यमा बालबालिकाको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले १३ औं संस्करणको सानो परि एण्ड सानो बाबु पोखरा–२०१७ ट्यालेण्ट शो आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले जानकारी गराए ।

त्यस्तै, प्रतियोगितामा सानो परिको फस्ट रनरअप गण्डकी बोर्डिङ स्कुलकी स्नेहा तिमिल्सीना, सेकेण्ड रनरअप मदरल्याण्ड उच्च माविकी सिसम भण्डारी, थर्ड रनरअप पोखरा युनाईटेड स्कुलकी प्रास्ना गुरुङ, फोर्थ रनरअप हिल प्वाईन्ट उच्च माविकी सुक्रिया गुरुङ, फिप्थ रनरअप सगरमाथा निकेटनकी क्रिसिका घिमिरेले हात पार्न सफल भए भने सानो बाबुतर्फ फस्ट रनरअप बेसलाईन एकेडेमीका ईशान गौतम, सेकेण्ड रनरअप मदरल्याण्ड उच्च माविका निश्चल बास्तोला, कुमुदिनी होम्सका असल ढकाल थर्ड रनरअप, रेम्वो एकेडेमी होम्सका स्वपनिल रानामगर फोर्थ रनरअप र ग्लोबल कलेजियतका स्वागत शाही फिप्थ रनरअप हुन सफल भए । उनीहरूले पनि ट्रफी, मेडल, क्राउन र आर्कषक पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै सहभागी प्रतिस्प्रधीहरुले अन्य बिभिन्न बिधामा पनि अवार्ड मार्फत पुरस्कृत भएका थिए ।

करिब एक महिना सम्मको प्रशिक्षण पश्चात ६८ जना प्रतिस्प्रर्धी बालबालिकाले आ–आफ्नो प्रतिभा र अन्तर निहित खुबी लाई हजारौ दर्शक सामु प्रस्तुत गर्दा सभाहलमा खचाखच उपस्थित दर्शकहरुले ताली बजाएर हौसला दिईरहेका थिए । प्रतियोगितामा स्वागत नृत्य राउण्ड, परिचय राउण्ड, प्रश्न उत्तर राउण्ड र अन्तिम प्रश्नको उत्तर लेखेर बाचन गरिसके पछि अन्तिम निर्णय आएको थियो । प्रतियोगिताको कोरियोग्राफरको रुपमा मिस गण्डकी सिजन ३ की बिजेता ज्योति राई, मिस गण्डकी सिजन ३ की थर्ड रनरअप सपना अधिकारी, ईनिशा दुरामगर, रोजिना अधिकारी, सुशिल क्षेत्री आदी रहेका थिए ।

प्रतिस्प्रर्धाको मुल्याङ्कनको लागी वरिष्ठ गायिका एवं शिक्षाकर्मी कौशल्या गुरुङ, मिस पोखरा २०१७ ममता जोशी, मिस गण्डकी सिजन १ की सेकेन्ड रनरअप शिपोरा थापा, अबाकस मेन्टल मेट्सका निर्देशक उपेन्द्र अधिकारी, निर्णायक संयोजक ईभेन्ट म्यानेजर सौरभ थापा रहेका थिए । हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले बताउनुभयो । सन् २००५ देखि सुरु गरिएको ट्यालेन्ट शो प्रतियोगिता मार्फत साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा पुगेको र अभिभावक तथा बिभिन्न स्कुलहरुले निरन्तर सहयोग प्राप्त भईरहेको कार्यक्रम संयोजक एवं कोरियोग्राफर सुरज थापाले बताए । ट्यालेण्ट शोको सञ्चालन सञ्चारकर्मी इनिशा दुरामगर र कोरियोग्राफर एवं सञ्चारकमी सुरज थापाले गरेका थिए ।
करिब ६ घण्टा सम्म चलेको उक्त कार्यक्रममा बिभिन्न साँगीतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij