२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

500
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा काठमाण्डौको टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ । तोकिएको म्यादभित्र आवेदन प्राप्त नभएमा संस्थापक सेयरधनी बाहेकका लगानीकर्ताका लागि उक्त सेयर बिक्री गरिने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij