२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अभियान लघुवित्तको नाफा ४५५८ प्रतिशतले बढ्यो

अभियान लघुवित्तको नाफा ४५५८ प्रतिशतले बढ्यो

530
Shares

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४५५८.८५ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३० लाख ६१ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी समेत १५४.१३ प्रतिशतले बढेर ३१ करोड १६ लाख पुगेको छ । शुद शुल्क तथा कमिशन आम्दानी भने ४रोड ९४ लाखबाट घटेर ३ करोड ६१ लाखमा सीमित बनेको छ । सञ्चालन मुनाफा भने ८१ लाख २३ हजारबाट बढेर १९ करोड ६९ लाख पुगेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ५२ लाखले धनात्मक बनेको छ । यस्तै १९.६८ प्रतिशतले ऋणात्मक रहेको लाभांश क्षमता समेत १८.०९ प्रतिशतले धनात्मक बन्न पुगेको छ ।

१ करोड ९९ लाख रुपैयाँले इम्पेयरमेन्ट चार्ज रिर्भसल भएको संस्थाको निष्कृय कर्जा ८.४१ प्रतिशतबाट घटेर ७.४१ प्रतिशतमा सीमित बनेको छ । चौथो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङ ४ करोड ५२ लाख र रिजर्भको आकार १० करोड १६ लाख रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) उल्लेख्य बढेको छ । अघिल्लो आवमा १.२२ रुपैयाँ मात्रै रहेको ईपीएस बढेर ५७.०४ रुपैयाँ पुगेको छ । यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १५८.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा र तरलता अनुपात २६.०७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij