काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अकंले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ।
आज ३४९ कम्पनीको १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो भने बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको हो।
सोमबार १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij