२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महुली लघुवित्तको नाफा १९ करोड ३२ लाख

महुली लघुवित्तको नाफा १९ करोड ३२ लाख

695
Shares

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाले अधिकांश प्रमुख वित्तीय सूचकहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुधार हासिल गरेको देखिएको छ।
संस्थाले यस अवधिसम्म १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ७० लाख ७ हजार रुपैयाँ मात्र रहेको थियो। यससँगै कम्पनीको खुद नाफामा १,०३७ प्रतिशतको बढोत्तरी भएको देखिन्छ।

यस्तै संस्थाको कुल सञ्चालन आम्दानी ३९ करोड ५१ लाख रुपैयाँबाट बढेर ५३ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जुन करिब ३६ प्रतिशतको वृद्धि हो। त्यस्तै सञ्चालन नाफा २ करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको खुद ब्याज आम्दानी पनि सकारात्मक रूपमा बढेको छ। अघिल्लो वर्षको ३५ करोड ५९ लाख रुपैयाँको तुलनामा यस वर्ष ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन ३९.७४ प्रतिशतले बढी हो।

कर्जा विस्तारमा पनि संस्था अगाडि देखिएको छ। ग्राहक कर्जा ५ अर्ब ११ करोड ७० लाख रुपैयाँबाट बढेर ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ, अर्थात् २०.७ प्रतिशत वृद्धि भएको छ। त्यस्तै निक्षेप पनि १८ अर्ब ३० करोड रुपैयाँबाट बढेर २० अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, जुन १३ प्रतिशतको वृद्धि हो।

संस्थाले यस अवधिमा इम्पेयरमेन्ट चार्जका लागि ८० लाख ७९ हजार रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १३ करोड १३ लाख रुपैयाँ छुट्टाएको थियो । खराब कर्जा अनुपात पनि १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ७७ लाख रुपैयाँबाट घटेर १६ करोड ५० लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो रकम ४ करोड ७७ लाखमा सीमित थियो । वितरणयोग्य मुनाफा बढेसँगै संस्थाको लाभांश क्षमता ४२.५८ प्रतिशत पुगेको छ ।

यस्तै कस्ट अफ फण्ड ७.५१ प्रतिशतबाट घटेर ६.३२ प्रतिशतमा झरेको छ भने सिडी रेसियो ११०.७१ प्रतिशतबाट बढेर ११६.४२ प्रतिशत पुगेको छ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष रु. १२.९० रहेको यस वर्ष बढेर रु. ४२.५८ पुगेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ बढेर रु. २२७.९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij