२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

…अनि आखाँबाट आशु झर्‍यो

…अनि आखाँबाट आशु झर्‍यो

2.7K
Shares

 

सुरुची पाण्डे
विजेता
मिसेस नेपाल इन्टरनेशनल २०१७

मिसेस नेपाल इन्टरनेशनल २०१७ की विजेता सुरुची पाण्डे सानै देखी मिलनसार स्वभावकी थिइन । सानोमा डाक्टर वा शिक्षक बन्छु भन्ने सपना बोकेर अगाडी बढेकी पाण्डे पछि आफ्नो सानोमा देखेको सपना भन्दा भिन्न क्षेत्रमा लागिन । र जुन क्षेत्रमा काम गरिन त्यहाँ उनले सफलता हात पारिन । अहिले उनी सामाजिक क्षेत्रमा सक्रिय छिन् । विभिन्न गैरसरकारी संस्थामा रहेर उनले काम गर्दै आएकी छिन् ।
सानो उमेरमा नै ठुलो सफलता हासिल गर्न उनी सफल भएकी छिन् । मिसेस नेपाल इन्टरनेशनल विवाहित महिलाहरुमा नेपालमा हुने सबै भन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । यसको विजेता अमेरिकामा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुन पाउँछ । रिवन इन्टरटेनमेन्टले विगत ३ वर्षदेखी यो प्रतियोगिता गर्दै आएको छ ।
उनको इच्छामा परिवारको कहिले पनि अवरोध रहेन । प्लस टु अध्ययन गर्दा उनको सपना परिर्वतन भए । सबैको सल्लाहमा नेपालमा पब्लिक हेल्थमा अवसर रहेको कारण यो विषय अध्ययन गरेकी बताउँछीन् ।
पहिले मिस नेपालमा भाग लिन जाँदा उचाईको कारण भाग लिन नपाएको पीडा उनको मनमा थियो । जब मिसेस नेपाल इन्टरनेशनलको बारेमा थाहा पाइन तब फेरी उनमा यो प्रतियोगितामा भाग लिन चाहना बढ्यो । सौन्दर्य प्रतियोगिता भनेको बाहिरी सुन्दरता मात्र नभइ बौद्धिकता पनि हेरिने भएको हुँदा उनको ध्यान यसमा केन्द्रीत भएको बताउँछिन् । गैरसरकारी संस्थाको जागिर नै छाडेर उनी यस प्रतियोगितामा भाग लिन आएकी थिइन । जति बेला उनी एउटा संस्थाको कार्यक्रम संयोजकको रुपमा सिन्धुपाल्चोकमा कार्यरत थिइन । सुरुची मेहनत र लगनशिल भएर काम ग¥यो भने सफल भइन्छ भन्ने कुराको उदाहरण भनेकी छिन् ।

यो प्रतियोगितामा आउने बेला नै जित्छु जस्तो लागेको थियो र जिते पनि । जति बेला मेरो नाम विजेताको रुपमा घोषणा गर्दा मेरो आँखाबाट खुशीको आशुँ नै झ¥यो । आफ्नै मेहनत र परिश्रमले नै यो जित सम्भव भएको हो । कसैको दया र मायाले पाएको होइन । जब क्राउन जितेको रात निधाउन सकिन ।

मिसेस नेपाल इन्टरनेशनल २०१७ ले घरेलु हिंसा विरुद्धको अभियानको नाराले पनि उनलाई प्रभाव परेको बताउँछिन् । उनले नेपाली समाजमा हुने घरेलु हिंसालाई नजिकबाट बुझेकी छिन् । भन्छिन् – ‘गाउँ र शहरमा हुने हिंसाको प्रकृति फरक भएपनि घरेलु हिंसा भने हुने गरेको छ ।’ गाउँमा घरेलु हिंसा बाहिर आए पनि शहरी क्षेत्रमा भने इज्जतको डरले बाहिर आउन नसकेको बताउँछिन् । नेपाली समाजमा चेतनाको कमि भएको उनले देखेकी छिन् । शिक्षाले मात्र घरेलु हिंसा नरोकीने र सोचमा नै परिर्वतन आउनु पर्ने उनको बुझाई छ । संविधानमा भएका कुरालाई आम मानिससम्म पु¥याउन सकेमा पनि घरेलु हिंसा कम हुने उनको तर्क छ । नेपालबाट घरेलु हिंसा हटाउनका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने उनी प्रतिबद्धता जनाउँछिन् । आजको भोली नै परिर्वतन सम्भव छैन् । सामाजिक सञ्जालमार्फत सक्दो प्रयास गर्नेछु । घरेलु हिंसा हटाउनका लागि । घरेलु हिंसाको सिकार महिला मात्र होइन पुरुषमा पनि हुने गर्दछ । बालबालिकाहरुदेखी नै घरेलु हिंसाको बारेमा जनचेतना जगाउनका लागि काम गर्नु पर्ने उनको धारणा छ ।
यो प्रतियोगितामा आउने बेला नै जित्छु जस्तो लागेको थियो र जिते पनि । जति बेला मेरो नाम विजेताको रुपमा घोषणा गर्दा मेरो आँखाबाट खुशीको आशुँ नै झ¥यो । आफ्नै मेहनत र परिश्रमले नै यो जित सम्भव भएको हो । कसैको दया र मायाले पाएको होइन । जब क्राउन जितेको रात निधाउन सकिन । आफुले पाएको जिम्मेवारी पुरा गर्नु छ । देशको प्रतिनिधित्व गर्दै अमेरिकामा हुने मिसेस इन्टरनेशनलमा जानुछ । देशको प्रतिनिधित्वगर्दै जानु पर्ने भएको हुँदा त्यसको लागि तयारी गर्दैछु । हिजो आफ्नो लागिमात्र सोचेको थिए भने अब देशको लागि केहि गर्नु छ ।
विवाहित महिला भएको हुँदा घरपरिवारसगैं आफुले पाएको जिम्मेवारी पुरा गर्न श्रीमानको सहयोग एकदम रहेको उनी बताउँछिन् । समाजसेवा देखावटी भन्दापनि मनबाट नै गर्नु पर्ने उनको तर्क छ । परिवारको सहयोगले नै सफल भएको उनी बताउँछिन् । उनको सफलता वास्तवमै लोभ लाग्दो छ ।
काठमाडौंमा २०४९ सालमा माता भवानी कंडेल पिता सरददेव पाण्डेको सुपुत्रिको रुपमा जन्मेकी हुन । २०६४ सालमा एसएलसी दिएकी पाण्डेले निस्ट कलेजबाट प्लस टु र सिस्ट कलेजबाट पब्लिक हेल्थमा स्नातक पुरा गरिन । अहिले स्नाकोत्तर अध्ययनको तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij