२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंक बचतपत्र निष्काशन गर्दै

राष्ट्र बैंक बचतपत्र निष्काशन गर्दै

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल राष्ट्र बैंकले कात्तिक १२ गतेदेखि पाँचवर्षीय अवधिको बचतपत्र निष्काशन गर्न लागेको छ । बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।
बचतपत्र खरिदका लागि कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । साथै बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावा २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij