२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १२.९६ अकंले बढ्यो, ३ अर्ब ७५ करोडको कारोबार

नेप्से १२.९६ अकंले बढ्यो, ३ अर्ब ७५ करोडको कारोबार

590
Shares

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९६ अकंले बढेर २६८५.५४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ८८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा सुधार देखिएको छ भने दुई उपसूचक मात्रै घट्न पुगेका हुन । शुक्रबार १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij