२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड ऋण लगानी

९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड ऋण लगानी

695
Shares

काठमाडौं – वन्डर्स इनर्जीले निर्माण गर्न लागेको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजना (९ मेगावाटा) र एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी सम्झौता आज साउन १२ गते सम्पन्न भएको छ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङका विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्। कम्पनीले दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सीमा भएर बहने खिम्ती–घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती– घ्वाङ जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्ने गरी कार्य भइरहेको जनाएको छ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति वैशाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको र आयोजनाका लागि आवश्क सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहँचमार्ग निर्माण, गोदाम घर, आवस गृह आदिको निर्माण सम्पन्न भएको छ र सभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।

आयोजना निर्माणका लागि लाग्ने १ अर्ब ८० करोड रुपैयाँमध्ये १ अर्ब २४ करोड ऋण लगानीका लागि एनएमबि बैंकसँग आज समझदारी भएको हो भने बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र ३० करोड रुपैयाँ असोजभित्रमा जुटाउने गरी काम भइरहेको जानकारी जानकारी कम्पनीका प्रबन्ध सञ्चाक दुलालले दिए। उनका अनुसार गौगरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपाल हाल बनिरहेका जलविद्युत आयोजनामध्ये हाइड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पूरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij