२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

470
Shares

सुदूरपश्चिम- जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ । चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले आजदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुनेगरी काम सुरु गरिएको प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी काम जारी रहने उहाँले बताउनुभयो । यसैगरी धनगढी उपमहानगरपालिका-६, कैलारी गाउँपालिका-७ र गोदावरी नगरपालिका-८ को वडा कार्यालयबाट यसअघि सञ्चालन गरिएको अभियानका क्रममा विवरण दर्ता गराएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र बुझिलिन अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा गत आर्थिक वर्षमा मात्रै ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij