२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

660
Shares

काठमाडौं –  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।  नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा बन्द भएको छ।  आज ३५३ कम्पनीको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा सर्वाधिक २.०८ प्रतिशतको गिरावट आएको छ ।

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशत बढेको छ भने सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij