२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.६९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.६९ प्रतिशतले बढ्यो

745
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा व्यावसायिक तथा वित्तीय परिसूचकहरूमा सन्तोषजनक प्रदर्शन गरेको छ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासम्म बैंकले ६० करोड ६६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै तथा इम्पेयरमेन्ट चार्ज घटेसँगै खुद नाफामा पनि सुधार देखिएको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८८ करोड ४४ लाख रुपैयाँको तुलनामा धेरै हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ६४ करोड २३ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी, कुल सञ्चालन आम्दानी १ अर्ब ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७ करोड १४ लाख रुपैयाँ थियो।

अघिल्लो आवमा ३४ करोड ५४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको बैंकले समीक्षा अवधिमा भने यसलाई घटाएर ९ करोड १३ लाखमा झारेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने ५.५२ प्रतिशतबाट वृद्धि भएर ६.८७ प्रतिशत कायम भएको छ ।

विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता समेत १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ । बैंकको सञ्चित मुनाफा २ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ।

बैंकको कुल निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप करिब ४.३४ प्रतिशत र कर्जा करिब ७.०३ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

यस्तै बैंकको क्यापिटल एडिक्वेसी रेसियो १४.६३ प्रतिशत कायम रहेको छ । बैंकको रिटर्न अन इक्विटी १४.५२ प्रतिशत पुगेको छ भने रिटर्न अन एसेट १.३७ प्रतिशत कायम भएको छ। कस्ट अफ फन्ड ३.५४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.०१ प्रतिशत थियो।

समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २३.८३ पैसा पुगेको छ। अघिल्लो वर्ष बैंकका ईपीएस १७.०६ पैसा थियो। त्यस्तै, प्रति सेयर नेटवर्थ १६९.५० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ।

बैंकको खुद नाफा, प्रति शेयर आम्दानी र वितरणयोग्य नाफामा अघिल्लाे आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij