२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

570
Shares

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले काठमाडौँ-तराई/मधेस द्रूत मार्ग (फास्ट ट्रयाक), राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रमलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

समितिको आजको बैठकमा फास्ट ट्रयाक, चुरे संरक्षण र सिन्धुलीगढीको संरक्षणका सम्बन्धमा उपसमितिले गरेको स्थलगत अनुगमनको समीक्षा भएको थियो । बैठकले ती परियोजनाको प्रगतिबारे सरोकार भएका निकायका प्रतिनिधिसँग थप छलफल गर्ने निष्कर्ष निकालेको समितिका सचिव सञ्जय दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij