२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

680
Shares

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका छन् ।

उक्त मुद्दामा तीन दिन कैद र रु चार लाख जरिवाना ठहर भई फरार रहेका वीरगञ्ज महानगरपालिका–१४ निवासी पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आज स्थानीय श्रीपुरबाट पक्राउ गरेको हो ।

निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij