२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

490
Shares

काठमाडौं– नेपाली बजारमा साउन १ गते, शुक्रबार, सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij