
किरण अधिकारी, अर्थ नेपाल
नुवाकोट/ नेपालमा रेस्लीङ खेल व्यवसायिक हुन् खोजिरहेको छ । यो खेल अहिले सबैको चासो बन्न थालेको छ । हिमालय टाईगर अर्थात् भारत बिसुरालले नेतृत्व गरेको रेस्लिङको महिला रेस्लरहरुको चर्चा बढी हुन थालेको छ ।
यहि समयमा दोस्रो नुवाकोट दशैँ महोत्सवको सातौ दिन आज रेस्लीङ खेल पर्दशन भयो । उक्त खेल हेर्न दर्शकको ओईरो लागेको थियो र हिमालयन टाईगर ,लिजर्द ,स्कोर पिन ,अजिंगर ,सईनाईदको खेल रोचक थियो तर सबै भन्दा रोचक महिला रेस्लिङको थियो ।

भगवती खड्का युनिका र अस्मिता सुनार जुरेली बिचकोरेस्लिङ अत्यन्त रोचक थियो । दर्शकको बीचबाट नाच नाच्दै रिंग प्रवेश गरेकी जुरेलीले दर्शकको राम्रो सपोर्ट पाइन् । तर रिंगमा भने भगवतीले बाजी मारिन । तर जुरेलीले भोलि जसरि पनि भगवतीलाई हराउने उद्घोष गर्दै बिदा भईन ।

अझ रोचक के छ भने उनीहरु दुवै कलाकार पनि हुन् । भगवती गायका हुन् भने अस्मिता डान्सर पनि हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij