काठमाडौं – अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ। अरुण काबेलीले आफ्नो नाममा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको हो ।
कम्पनीले शेयर बिक्रीको निर्णय गरेसंगै विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेको हो।
इङ्गवा हाइड्रोपावरको शेयरको लकइन अवधि गत २०८३ वैशाख अन्त्यसम्म समाप्त भईसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij