२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ममताले जितिन् नवौं संस्करणको मिस पोखराको उपाधी

ममताले जितिन् नवौं संस्करणको मिस पोखराको उपाधी

1.5K
Shares


अर्थ नेपाल संवाददाता
पोखरा/नागरिक पश्चिमेलीको प्रस्तुती मेट्स ईन्टरनेशनल मिस पोखरा २०१७ सिजन नौको ताज पोखरा सृजनाचोक निवासी २० वर्षिया ममता जोशीको शिरमा परेको छ । अन्ततः आफ्ना १५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधीको ताज आफ्नो पोल्टामा पारेकी हुन् । नसिङ्ग पेशामा आबद्ध ममताले चाँदीको ताजसँगै यामाहाको फेशिनो स्कुटर र पचास हजार रुपैया नगद साथै अन्य पुरस्कारहरु प्राप्त गरिन् ।
उपाधीसँगै ममताले ‘मिस इन्टेलेक्चुअल’ टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । मिस पोखराकोे बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको प्रतिक्रिया उनले दिईन् । ‘म मेरो लक्ष्य प्राप्तिको लागि एकदमै तम्तयार थिएँ ।’ क्राउन पहिरिएपछि उनले भनिन् ‘लक्ष्य प्राप्तिको लागि मैले गरेको कडा मेहेनतको परिणाम अन्तत मैले पाएकी छु ।’ आफु नसिङ्ग पेशामा आबद्ध भएको कारण पनि स्वास्थ्य क्षेत्रबाटनै गरिब दीन दुखी तथा असाहायहरुको लागी सहयोग गर्नुका साथै आगामी दिनमा आफु सामाजिक उत्तदायित्व हुने खालका क्रियाकलापमा पनि सक्रिय हुने प्रतिबद्धता जनाईन् ।
त्यस्तै प्रतियोगितामा २३ वर्षिया पुनम के.सी. फस्ट रनरअप भईन् । फस्ट रनरअपको उपाधीसँगै पुनमले तीस हजार रुपैया नगद र अन्य आर्कशक पुरस्कारहरु प्राप्त गरिन् । पोखरा सिमलचौर निवासी १७ वर्षिया सीम्रन गुरुङले सेकेन्ड रनरअप सँगै मिस भ्युअर्स च्वाइस र मिस क्याट वाक टाईटल समेत जितिन् । सेकेन्ड रनरअप सीम्रनले उपाधीसँगै बीस हजार रुपैया नगद र अन्य आर्कशक पुरस्कारहरु प्राप्त गरिन् ।
कुल १६ प्रतिस्र्पर्धीहरुबाट दोश्रो चरणमा उत्कृष्ट १० जना, तेश्रो चरणमा उत्कृष्ट ५ जना छनौट गरिएकोमा फाइनल राउण्डमा मुख्य निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाईएको थियो ।
पोखरा जेसिसको आयोजनामा भएको मिस पोखरा २०१७ मा अन्य विभिन्न १० वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो । जस मध्ये मिस ट्यालेन्ट संचिता घिमिरे, मिस फोटो जेनिक र मिस पपुलारिटी सजनी बानिया, मिस बेस्ट स्माईल श्रृष्टी गुरुङ, मिस बेस्ट ड्रेस बन्दना के.सी., मिस बेस्ट पर्सनालिटी अर्पना सापकोटा र मिस बेस्ट हेयर शशी थापामगरले हात पारे ।
मिस नेपाल २००० एवं भिजे उषा खड्की र सञ्चारकर्मी सुरज थापाको कोरियोग्राफीमा सम्पन्न मिस पोखरा २०१७ को ग्राण्ड फिनालेको निर्णायकहरुमा प्रमुख निर्णायक डा. एलियमा जोन, डा. चैतन्य अधिकारी, उदय भट्टराई, सन्तोष पोख्रेल, नारायण शर्मा आदी रहेका थिए ।
कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जीसीले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । यस्ता सौन्दर्य प्रतियोगिता मार्फत युवतीहरुको ब्यक्तित्व र नेतृत्व बिकास हुने र उनिहरुलाई महिलाहरुको हक अधिकार र कर्तब्यको बारेमा पनि जानकार हुने बताए ।
आयोजक संस्था पोखरा जेसिसका अध्यक्ष शिव कोईरालाले मिस पोखरा २०१७ भब्य रुपमा सफल भएको दाबी गरे । ‘यो कार्यक्रम सफल हुनुमा सम्पुर्ण प्रायोजकहरु, आयोजक संस्थाका सम्पुर्ण टिम, मिडिया, प्रतियोगीहरु, कोरियोग्राफर, प्रशिक्षक र दर्शक आदी सबैको भुमिका छ ।’ कोईरालाले भने–‘आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा हाम्रो संस्थाले गरेको छ ।’
कार्यक्रममा स्वर सुन्दरमणी गायक कर्णदास, चर्चित गायक तथा संगितकार रामभक्त जोजिजु, क्रिष्टल ब्लज डान्स ग्रुपको नृत्य प्रस्तुतीहरु रहेका थिए । पोखरा सभागृहमा करिब चार घण्टा सम्म चलेको उक्त कार्यक्रम बरिष्ठ सञ्चारकर्मी जीपी तिमिलसिना र मिस पोखरा २०१३ की फस्ट रनरअप लक्ष्मी जीसीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij