काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त भएका छन्। विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको हो।
यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रम सहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij