२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आजदेखि घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुँदै

आजदेखि घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुँदै

545
Shares

काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लक इन अवधि आजदेखि सकिन लागेको हो ।

कम्पनीको कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको २४ हजार ७०५ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ९७ हजार ७७२ कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij