२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्जा दुरुपयोग प्रकरणमा बुटवलका शशी पौडेल पक्राउ

कर्जा दुरुपयोग प्रकरणमा बुटवलका शशी पौडेल पक्राउ

570
Shares

काठमाडौँ – कर्जा रकम तोकिएको प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको आरोपमा प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई नियन्त्रणमा लिएको छ ।

कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेललाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी( अनुपम शमशेर जबराका अनुसार कर्जा लिँदा उल्लेख गरिएको उद्देश्यभन्दा अन्य प्रयोजनमा रकम प्रयोग गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।

पौडेलमाथि आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको सीआईबीले जनाएको छ । अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij