२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकै दिनबाट फेसियल हाउसको दुई वटा शाखा सञ्चालनमा

एकै दिनबाट फेसियल हाउसको दुई वटा शाखा सञ्चालनमा

1.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं / एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दशैंको अवसरमा काठमाडौंका दुई वटा सुविधा सम्पन्न शाखा विस्तार गरेको छ । फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनका दुबै शाखाको आज शुक्रवार दुई छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरि उद्घाटन गरिएको छ ।
बागबजार प्लाजामा रहेको शाखाको उद्घाटन निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले गरेकी थिइन, भने सिटिस मलको दोस्रा तल्लामा सञ्चालित फेसियल हाउसको लक्जरी ब्राञ्चको उद्घाटन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चलचित्र अभिनेता रमेश उप्रेती, अभिनेत्री दिपिका प्रसाईं तथा अभिनेता÷चिकित्सक आयुष्मान घिमिरेले संयुक्त रुपमा गरेका थिए ।

राजधाीको काठमाडौं मलमा २०५५ सालमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून लोकप्रिय सैलूनको रुपमा स्थापित भइसकेको छ । करिव ५० जना युवा–युवतीलाई रोजगारी दिँदै आएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सुष्मा महराद्वारा सञ्चालित फेसियल हाउस महिला उद्यमीको राम्रो नमूना भएको धारणा व्यक्त गरिन् । छाला रोग विज्ञको रुपमा समेत प्रख्यात डा.आयुष्मान घिमिरेले छालाको हेरचाहमा सौन्दर्यकर्मीको ठूलो भूमिका रहेको बताए । फेसियल हाउसकी प्रवन्ध निर्देश्ँक सुष्मा महराले अत्याधुनिक प्रविधियुक्त सेवा दिने उदेश्यले सिटिसी मलमा लक्जरी ब्राञ्च स्थापना गरिएको स्पष्ट पारिन् ।


फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ । टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नया“ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् । यी सबै सेवा काठमाडौंमा आजैबाट सञ्चालन हुने सिटिसी मलको लक्जरी ब्राञ्च तथा आजकै दिन बागबजारमा शुभारम्भ भएको ब्रँञ्चमा समेत उपलब्ध छन् ।
सौन्दर्य व्यवसायमा सफलता हासिल गरिसकेकी सौन्दर्यकर्मी सुषमा महराले ९ वर्ष अघि फेसियल हाउस स्थापना गरेकी हुन । २०५५ सालदेखि व्युटिसियनका रुपामा कार्यरत सुषमा महरा अझ बढी सेवा दिन ‘फेसियल हाउस लेडिज एन्ड जेन्ट्स सैलुन’ लाई व्यवसायकै रुपमा सञ्चालन गरी वार्षिक ५ सय भन्दा बढी सौन्दर्यकर्मी उत्पादन गर्दै रोजगारी प्रदान गरिरहेकी छिन् ।
फेसियल हाउसका अन्य शाखाहरु यसअघि नै काठमाडौंको चावहिल, पोखरा तथा काँकडभिट्टामा समेत सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij