२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा डिबेन्चरको दबदबा, टप १० टर्नओभरमा अधिकांश डिबेन्चर

नेप्सेमा डिबेन्चरको दबदबा, टप १० टर्नओभरमा अधिकांश डिबेन्चर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार रकमका आधारमा शीर्ष १० टर्नओभरमध्ये ९ वटा डिबेन्चर परेका छन् भने एउटा मात्रै कम्पनीको साधारण शेयरले स्थान बनाउन सफल भएको छ।

555
Shares

काठमाडौं– मंगलबारको कारोबारमा सेयबजारमा सामान्य अंकको सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२३ प्रतिशत अर्थात ६.११ अंकले घटेर २ हजार ५७६.२९ विन्दुमा पुगेको छ।

आज ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.०९ प्रतिशत, विकास बैंक समूहको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

लगानीकर्ताहरु डिभेञ्चरमा झुम्मिएको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij