काठमाडौं – अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरको लक-इन (Lock-in) अवधि आगामी साउन २८ गते समाप्त हुने भएको छ।
कम्पनीका अनुसार लक-इन अवधि सकिने सेयरमध्ये संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टाइएको २ लाख ६ हजार ७६० कित्ता तथा कर्मचारीका लागि बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता सेयर रहेका छन्।
यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको नाममा रहेको सेयर भने प्रचलित नियमानुसार रोक्का (लक-इन) नै रहने कम्पनीले जनाएको छ।
लक-इन अवधि समाप्त भएपछि नियमानुसार खुला हुने सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij