२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो गिरावट, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो गिरावट, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

540
Shares

काठमाडौं– बिहिबार पनि सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.६७ अकंले घटेर २६०१.९२ बिन्दुमा कायम भएको छ । आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको १.११ प्रतिशत, फाइनान्स समूहको ०.६२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको छ । आज यसको ३५ करोड ५८ लाख रुपैयाँको ईकाइ कारोबार भएको छ । एबिएल डिबेञ्चरको २८ करोड ६५ लाख रुपैयाँको इकाई कारोबार भएको छ । बीओके डिबेञ्चरको २० करोड ८६ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij