२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्राफिक कारबाहीबाट एकै दिन १८ लाख ६० हजार राजस्व असुली

ट्राफिक कारबाहीबाट एकै दिन १८ लाख ६० हजार राजस्व असुली

445
Shares

काठमाडौँ – बितेका २४ घण्टामा दुई  हजार ६६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १२२,  संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडक पेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij