२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको शेयर पूँजी करिब २ करोड

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको शेयर पूँजी करिब २ करोड

2.2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /शंखमुलमा रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी गत आर्थिक बर्षको अन्त्य सम्ममा १ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
भदौ १७ गते सम्पन्न तेह्रौं बार्षिक साधारण सभामा दिईएको जानकारी अनुुसार अघिल्लो आ.व.को तुलनामा संस्थाको शेयर पूँजी १२ दशमलव १७ प्रतिशतले बृद्धि भएको हो ।
समारोहमा संस्थाका अध्यक्ष प्रशान्त ढकालले संचालक समितिको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन अनुसार संस्थाले गत असार मसान्त सम्ममा सदस्यहरुबाट १४ करोड ४ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेर ११ करोड १९ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले सो अवधिको कारोवारबाट आय करको व्यवस्था पश्चात २८ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सभामा संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक चित्र बहादुर थापाले पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij