२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको नयाँ नीति: वाणिज्य बैंकले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

राष्ट्र बैंकको नयाँ नीति: वाणिज्य बैंकले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

455
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा व्यवस्थापन तथा तरलता सन्तुलनलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था अघि सारेको हो ।

मौद्रिक नीतिमा विदेशी मुद्रा खरिदबाट प्रणालीमा आउने तरलता व्यवस्थापन गर्न वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकले विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्दा उत्पन्न हुने तरलता प्रभावलाई व्यवस्थापन गर्न नयाँ मौद्रिक उपकरणसमेत प्रयोगमा ल्याउने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा खरिदकै समयमा ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ गर्ने व्यवस्था लागू गरिनेछ । यसबाट बजारमा तरलताको अत्यधिक चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij