काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५७ अंकले बढेर २ हजार ६५१.६८ विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । आज व्यापार समूह सर्वाधिक अर्थात १.८९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.५२ प्रतिशत, विकास बैंक १.१३, फाइनान्स ०.५७, होटल ०.५४, हाईड्रो ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.३०, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशतले घट्यो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij