२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा २६.२९ अंकको गिरावट, अधिकांश उपसूचक राताम्मे

नेप्सेमा २६.२९ अंकको गिरावट, अधिकांश उपसूचक राताम्मे

585
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९ अकंले घटेर २६२७.११ बिन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंक घटेको छ।

आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार वाणिज्य बैंक समूहको १.०६ प्रतिशत, विकास बैंकको ०.३० प्रतिशत र फाइनान्स समूहको १.२४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको शेयर भएको छ । सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij