
अर्थ नेपाल संवाददाता
काठमाडौं /सिन्धुपाल्चोक को माझी बस्ती पुनर्निर्माणको लागि सहयोगार्थ लोटस फोटोग्राफी स्कुलको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक जुनकिरीको आज अन्तिम दिन हो । राष्ट्रिय नाचघर जमलमा भदौ २६ देखि सुरु भएको नाटक आज ५ गते अन्तिम २ र ५ बजे दुई शो प्रदर्शन हुँदैछ ।

यस नाटक गत वर्ष २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो । नाटककी पात्र जूनकिरीले हाम्रै वरिपरि भैरहेको र हामीले दैनिक जीवनमा देखिरहेका, सुनिरहेका,भोगिरहेका र अनुभव गरिरहेका घटना र पात्रहरुको प्रतिनिधि भएर घटनाहरु लाई जीवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे १ आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने बिभिन्न समस्याहरुलाइ उनिहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्ने लगायत सामाजिक विभेद र बेथितीको बिरुद्धमा सा‘ंचिकै जूनकिरीले ज्योती छर्दै नाटक निकै शसक्त रुपमा प्रस्तुत भएको छ । यो नाटक बहुप्रतिभाकी धनी नानी थापाको एकल लेखन, निर्देशन र अभिनय रहेको छ । यो नाटक हेर्नका लागि महानायक राजेश हमालदेखी विभिन्न क्षेत्रका व्यक्तिहरुले हेरेर प्रंशसा गर्नु भएको थियो । यो नाटकले गत वर्ष पनि सबैको मन जित्न सफल भएको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij