
अर्थ नेपाल संवाददाता
कपिलवस्तु /कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग रु सात हजार घुस लिँदै गर्दा सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले अख्तियारको टोलीले पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij