२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

८८ किलो सुन तस्करी संलग्न थप ५ जना पक्राउ

८८ किलो सुन तस्करी संलग्न थप ५ जना पक्राउ

1.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /काठमाडौ भित्रिएको ८८ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले सुन तस्करीमा संलग्न कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका सुभरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रवि श्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र दिनकर सालुखेलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए । प्रहरीले यसअघि यो प्रकरणमा संलग्न तीन जना सवारी चालकलाई पक्राउ गरेको थियो ।
दुई साता अघि प्रहरीले काठमाडौको सोह्रखुट्टे नजिकैबाट ८८ किलो सुन र एक गाडी बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij