२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

725
Shares

काठमाडौं – सेयरबजारमा आज उच्च अंकको सुधार आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ विन्दुमा पुगेको छ।
। आज २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६२ कम्पनीको ९५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबि डिबेन्चर २०९०, राधी विद्युत कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सीईडीबी होल्डिङ्स लिमिटेड र कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij