काठमाडौं – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन्।असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डा=वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए।
डा. भट्ट अर्थ मन्त्रालयमा तथा गोपनीयताको शपथ लिएर पद बहालिका लागि सेबोन पुगेका छन् ।बोर्डमा पुगेका उनले पण्डित राखेर पुजाअर्चनासहित पद बहाली गरेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij