
अर्थ नेपाल संवाददाता
काठमाडौं/रशलाईट मिडिया प्रा.लिको आयोजनामा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा ३० जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । ¥याम्प शोमा सुशिला थापा, सहारा खड्का, भूमिका खड्का, विना श्रेष्ठ, सवस्थानी महत, स्मृति श्रेष्ठ, स्वेच्क्षा केसी, सन्जीला गौतम, सन्ध्या कोइराला, सिमरन शाक्य, स्मरिका विष्ट, सरोन श्रेष्ठ, सदिना खड्का, निस्था महर्जन, प्रविना शाही, विशखा पाण्डे, रिया गुरुङ, ज्योती तामाङ, आरती डंगोल विभिन्न डिजाइनका ड्रेसमा प्रस्तुत हुनेछन् । त्यसैगरी सनिल महर्जन, सुमन श्रेष्ठ, सन्जिव श्रेष्ठ, पवन महर्जन, अज्जु मनस्वर, सुनिल महर्जन, प्रनिपराज अधिकारी, सुशान्त श्रेष्ठ फेशन शोमा प्रस्तुत हुनेछन् । डिनाज कलेक्सन, जोजालप्पा कलेक्सनको डिजाइनको ड्रेसमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।

राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा हुने उक्त शोमा नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने इभेन्ट म्यानेजर सनिल महर्जनले जानकारी दिए । असोज ७ गते शनिबार बेलुका ५ बजेबाट सुरु हुने छ । उक्त नाइटमा नेपालका लोकप्रिय चर्चित ब्राण्डहरुको सहयोग रहेको छ ।
कार्यक्रमको अर्थ नेपाल अफिसियल मिडिया पार्टनर हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij