२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : नर्वेमाथि शानदार जितसहित फ्रान्स समूह विजेता

फिफा विश्वकप २०२६ : नर्वेमाथि शानदार जितसहित फ्रान्स समूह विजेता

600
Shares
France's Ousmane Dembele celebrates after scoring his side's third goal during the World Cup Group I soccer match between Norway and France in Foxborough, Mass., near Boston, Friday, June 26, 2026. (AP Photo/Martin Meissner)

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सले नर्वेलाई १–४ गोलले हराएको हो। फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे।

खेलको पहिलो हाफमै डेम्बेलेले ह्याट्रिक गर्दै फ्रान्सको अग्रता बनाए। उनले ७, २० र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नर्वेका लागि २१ औं मिनेटमा थिलो आस्गार्डले एक गोल फर्काए।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा डुएले गोल गर्दै फ्रान्सलाई १–४ को फराकिलो जित दिलाए। जितसँगै फ्रान्स समूह आई मा तीन खेल नै जित्दै ९ अंकसहित समूह विजेता बनेर नकआउट चरणमा स्थान बनायो। नर्वे भने ६ अंकसहित उपविजेता बन्दै नकआउटमा पुग्यो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij