२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : बराबरी खेल्दै जापान र स्वीडेन विश्वकपको ‘नकआउट’ चरणमा

फिफा विश्वकप २०२६ : बराबरी खेल्दै जापान र स्वीडेन विश्वकपको ‘नकआउट’ चरणमा

385
Shares

काठमाडौं – बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे ।

जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij