२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

लायन्स क्लव अफ डाउन टाउनलाई माछापुच्छ्रे टी–ट्वान्टी क्रिकेट लिगको उपाधी

लायन्स क्लव अफ डाउन टाउनलाई माछापुच्छ्रे टी–ट्वान्टी क्रिकेट लिगको उपाधी

2K
Shares

अर्थ नेपाल संवाददाता
पोखरा/ माछापुच्छे क्रिकेट क्लव र खुकुरी इन्टरटेण्टमेण्टको आयोजनामा पोखरामा सम्पन्न माछापुच्छ्रे टी–ट्वान्टी क्रिकेट लिगको उपाधी लायन्स क्लव अफ डाउन टाउनले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पर्वत टाइटान्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधी आफ्नों नाम गरायो ।

टस जितेर व्याटिङ्ग रोजेको पर्वत टाइटान्सले पुरा २० ओभर खेलेर ९ विकेटको क्षतिमा ९९ रन जोडेको थियो । पर्वतको व्याटिङ्गमा पारश लामिछानेले १८ र दिपेन रायमाझिले १६ रन जोडे । डाउन टाउनको बलिङ्गमा विरु गुरुङ्गले ४ तथा हिमाल गाहा ३ विकेट लिए ।
जितका लागि सय रनको चुनौती पछ्याएको डाउन टाउनले १७।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसको ब्याटिङ्गतर्फ सुदिप पौडेलले अर्धशतकिय पारि खेल्दै ५६ रन जोडे ।

प्रतियोगितामा माछापुच्छ्े लायन्सका क्याप्टेन दिपेश खत्रि उत्कृष्ट ब्याट्स्म्यान सहित सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगितामा कुल १२ विकेट लिएका डाउन टाउनका बिरु गुरुङ्ग उत्कृष्ट बलर भए ।

प्रतियोतिगाको विजेता टिमले नगद ३ लाख सहित ट्रफि, उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफि, सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार सहित ट्रफि तथा उत्कृष्ट बलर र ब्याट्स्म्यानले नगद १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंह, विशेष अतिथि नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेजका अध्यक्ष अशोक पालिखे, पत्रकार विनोद लामिछाने लगायतले पुरस्कार विरतण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij