२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीको तलब प्रत्येक १५ दिनमा

नेपाल प्रहरीको तलब प्रत्येक १५ दिनमा

915
Shares

काठमाडौँ -सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि नेपाल प्रहरीलाई पनि हरेक १५ दिनमा तलब दिने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा)ले आज देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रबमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्ने प्रणालीमा आवश्यक व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित कार्यालयहरूलाई सोहीबमोजिम व्यवस्था मिलाई कार्यान्वयन गर्न अनुरोध गरेको छ । साथै, प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई समेत सम्बन्धित आर्थिक प्रणालीहरू नयाँ व्यवस्थाअनुसार व्यवस्थित गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij