२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी

फिफा विश्वकप २०२६ : मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी

590
Shares
Argentina's Lionel Messi controls the ball during the World Cup Group J soccer match against Austria in Arlington, Texas, near Dallas, Monday, June 22, 2026. (AP Photo/Tony Gutierrez)

काठमाडौं -फिफा विश्वकप २०२६  लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले जित हात पारेको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २-० ले विजयी भएको हो । मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् ।

अल्जेरियासँगको खेलमा ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका थिए । अष्ट्रियासँगको खेलमा दुई गोल गरेसँगै विश्वकपमा मेस्सीको गोलसंख्या १८ पुगेको छ ।खेलको चौथो मिनेटमा अष्ट्रियाले फाउले गर्दा मेस्सीले पनेाल्टीको मौका पाएका थिए । उनले प्रहार गरेको बल बाहिरिएको थियो । यसअघिका खेलमा अर्जेन्टिना अल्जेरियासँग ३-0 ले विजयी भएको थियो ।

अष्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गरेको थियो । जितसँगै तालिकामा ६ अंक जोड्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij