२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

605
Shares

काठमाडौँ -सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ हजार ३७१.०६ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र शेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij